Loading...
रौतहटमा एक वडा अध्यक्षको भाईको घरबाट ठुलो परिमाणमा चोरेको लाखौको बियर बरामद

ओम प्रकाश यादव गरुडा, चैत्र ४ गते । रौतहट प्रहरीले एक वडा अध्यक्षको भाईको घरबाट सोमवार राति ठुलो परिमाणमा चोरीको लाखौ मुल्य बराबरको वियर बरामद गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं ६ अमरपट्टिका वडा अध्यक्ष अशोक यादवका भाइ उमेश यादवको घरबाट प्रहरीले झण्डै एक ट्रक वियर बरामद गरेको हो । यादवको घरमा भारत विहार जिल्ला सितामढी बैरगनिया बस्ने ३६ वर्षिय विकास साहले भाडामा लिएर बसेको कोठाबाट उक्त परिमाणको वियर बरामद भएको हो । साहले लुकाई छिापाई भण्डारण गरेर वियर राखेको भन्नी विशेष सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले छापा मारी गरी यादवको घरबाट १४ सय भन्दा बढी कार्टुन वियर बरामद गरेको हो । साहको कोठाबाट १४ सय १५ कार्टुन टुबोर्ग स्ट्रोङ्ग ग्लास लेखिएको वियर बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो । वियर भण्डारण गरेर राख्ने आरोपी साह फरार भएको तथा बरामद वियरको करिव ४२ लाख भन्दा बढी मुल्य पर्ने प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । बरामद भएको वियर ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको तथा यस विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *