Loading...
कृष्णनगर भन्सार नाकामा भाइरसको चेक जांचमा लापरवाही, बिद्यार्थीहरुको बिरोधपछि सुधार

शहबाज खान,  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको कृष्णनगर भन्सार नाकामा विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना बाट बच्न र बचाउनको निम्ति नेपाल भारत आवत जावत गर्ने मान्छेहरुको चेक जाच औपचारिकतामा मात्र सिमित रहेको लेखिन्थ्यो। चेक जाच गर्ने स्वास्थ्यकर्मीको भनाईनुसार हामीलाई नगरपालिकाले जे उपकरण उपलब्ध गराएको छ त्यही बाट हामी चेक जाच गर्दै आएका छौं भन्ने तर्क रहेको थियो। आज मंगलवार दिनको १२ बजेको समयमा भारत बाट आएको विद्यार्थी टोली ले कृष्णनगर भन्सार नाकामा कोरोना भाइरस सम्बन्धी भई रहेको चेक जाचको तरिका लाई गलत बताउदै सिमा नाका मै बिरोध जताएका थिए। बिरोध गर्ने बितिकै कृष्णनगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाह, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल र पत्रकार को टोली सिमा नाका मा पुगि बिरोध गर्ने विद्यार्थी हरु संग कुरा गर्दा उक्त विद्यार्थी टोली का सुबोद्ध रेग्मी ले आफू लगायत१८ जना को टोली नेपालको बिभिन्न जिल्लाको रहेको बताउदै हामी भारत को पंजाब मा पढी रहेका छौं.विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस को कारण र पंजाब मा १७ जना संक्रणमित भएकोले पंजाब र हरियाणा सरकार ले अपात्काल घोषणा गरि सबै बिद्यालय, क्याम्पस सिनेमा हाल बन्द गरिएको घोषणा गरेको छ। क्याम्पस बन्द भएकाले हामी घर फर्किने क्रममा पंजाब, हरियाणा, दिल्ली हुदै कृष्णानगर सम्म पुगेको र हाम्रो टोली ले ठाउ ठाउमा भाइरस संक्रमणको चेक जाच गराउदै आएको छ टोलीमा संक्रमण छैन। तर हाम्रो टोली को इच्छा थियो कि अब हामी नेपालमा छिर्ना भन्दा पहिला नेपाल सरकार ले उपलब्ध गराएको भन्सार नाकामा भाइरस चेक जाच टोली बाट चेक जाच गराई नै नेपाल भित्र जाने तर यहा नाकामा आउदा एक जना आफू लाई स्वास्थ्यक्रमी बताउदै टेबल राखि डिजीटल थर्मामिटर ले भारत बाट आउने प्रत्येक मान्छे को काख मा एउटै थर्मामिटर राखेर शरिरको तापक्रम नाप्दै अवस्था भेटिदा हामी निरास भयो। किन कि वहाले जुन तरिका ले तापक्रम नापदै थिए त्यो तरिका ले संक्रमण सर्ने संम्भावना थियो यदि एउटै डिजीटल थर्मामिटर बाट सबै को काख मा राखि तापक्रम नापन छ भने उचित मापदण्ड अनुसार थर्मामिटर को सर सफाई गरी मात्रै प्रयोग गर्ना मिल्छ। मापदण्ड अनुसार सर सफाई गर्ने समाग्री थिएन। सरकार ले उपलब्ध गराएको तापक्रम नाप्ने फार्मल गन को प्रयोग यो नाकामा किन छैन र यस्ता ठूला महामारी बाट देश लाई बचाउनको लागि सम्बन्धित निकायले किन चासो लिएन भन्दै नगरपालिका र सम्बन्धित निकायहरु को हामी चर्को बिरोध गर्दछौ। बिरोध पछि नगरप्रमुख र प्रहरी निरीक्षक ले सरसल्लाहगरी १५मिनेट भित्रै तापक्रम नापने फार्मलगन उपलब्ध गराई नगरप्रमुख शाह र उक्त विद्यार्थी टोलीको तापक्रम नापेर पठाईएका थिए। नगरप्रमुख शाहको भनाईनुसार वहा हरुले गर्नु भएको बिरोध जायज छ। मास्क र शरिरको तापक्रम नाप्ने फार्मल गनको देश भरीमा साल्टेज भयेको कारण ले समयमा आउन सकेन।अब आज देखि यो नाका मा पनि नियमित चेक जाच हुने शाह ले बताउनु भयो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *