Loading...
व्यक्तिगत रिसिविका कारण रौतहटमा मान्छेलाई करेन्ट लगाउन खोज्दा भैसीको मृत्यु

ओम प्रकाश यादव चैत्र ९ गते, रौतहट रौतहटमा करेन्ट लागेर एक भैसीको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरीका सोनेलाल राय यादवको भैसीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो दुई बजेके समयमा एक्कसी करेन्ट लाग्दा भैसीको घटनास्थलमै मृत्यु भएको पिडित यादवले बताएका छन । धरहरी स्थित जय किसान पोली टेक्नीक ईस्टिच्युटको वालमा टासिर राखिएको नागंो तारमा करेन्ट प्रभाव हुँदा भैसीको मृत्यु भएको हो । कसैले व्यक्तिगत रिसिविका कारण वालमा नागंो तार सप्लाई गरेको कारण त्यही तारबाट करेन्ट लागेर आफना भैसीको मृत्यु भएको पिडित यादवको आरोप छ । मृतक भैसीको करिवएक लाख मुल्य पर्ने बताईएको छ । जय किसान पोली टेक्नीक ईस्टिच्युटले पिडित परिवारलाई क्षतिपुर्ति वापत एकलाख रुपैया उपलब्ध गराएको धरहरीका वडा अध्यक्ष राजेश साहले जानकारी दिए । वालमा कसले करेन्ट सप्लाई गरेको भन्ने बारेमा ईस्टिच्युटका प्रसशासनसँग प्रतिक्रिया लिदा आफुलै कुनै प्रकारको करेन्ट सप्लाई गर्ने काम नगरेको जवाफ दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *