Loading...
कोरोना भाईरसका कारण जिल्ला प्रशासन कार्यालय रौतहटको सम्पूर्ण कामकाज बन्द

विश्वमा महामारीको रुपमा तिव्र गतिले फैलिरहेको कोरोना भाईरसलाई मध्य नजर गर्दै आजदेखी जिल्ला प्रशासन कार्यालय रौतहटको पनि सम्पूर्ण कामकाज बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक विज्ञप्ती जारी गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई दिदै आएको सेवा सुविधा आजदेखी चैत्र २१ गतेसम्मका लागि बन्द गरेको हो । प्रशासन कार्यालयले नागरिक्ता, राहदानी लगाएतका सेवासुविधा दिनबाट आजदेखी रोक लगाएको हो । प्रशासनको एस्तो निर्णयले अब चैत्र २१ गतेसम्म नागरिक्ता र राहदानी बनाउन नपाईने भएको छ । नागरिक्ता र राहदानी बनाउनेहरुको दिनहु भिडभाड हुने भएको र भिडभाडले गर्दा कोरोनाको संक्रमण फैल्न सक्ने खतरालाई रोक्नको लागि आजदेखी राहदानी र नागरिक्ता वितरण गर्ने कार्य स्थगीत गरिएको जिल्ला प्रशासन कार्यालय गौरका प्रशासकिय अधिकृत किरण निधि तिवारीले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *