ओम प्रकाश यादव चैत्र ९ गते, रौतहट कोरोना भाईरसका कारण भोलीदेखी रौतहटको सम्पूर्ण शैलुनहरु बन्द हुने भएको छ । भोली देखी आउँदो चैत्र १७ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण शैलुनहरु बन्द गर्ने निर्णय गरिएको नेपाल नाई ट्रेड युनियन संघ रौतहटको अध्यक्ष भुष्ण ठाकुरले जानकारी दिएका छन । जिल्लाका सम्पूर्ण हजाम ठाकुरहरुको आज बसेको बैठकले कोरोना भाईरसको जोखिमलाई मध्य नजर गर्दै सम्पूर्ण शैलुन बन्द गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए । दाह्री काटने पतीको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण सर्न सक्ने भएकोले यस रोगको रोकथामका लागि यस्तो निर्णय गरिएको उनले बताए ।
Loading...
Facebook Comments