Loading...
गरुडा नगरपालिकाद्धारा विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना, कुन कुन ठाउँमा भए स्थापना ?

ओम प्रकाश यादव गरुडा १० चैत्र । विश्वभरी नै महमारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) बाट बाच्नको लागि रौतहटको गरुडा नगरपालिकाले आजदेखी नगरको विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुको साथै सावुन पानीको पनि व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण कसैलाई पनि नलागोस भन्ने उद्दश्यका साथ नगरपालिकाले नगरको ७ ठाउँमा हेल्थ डेस्क स्थापना गरी चेकजाँच गरिरहेका छन । हेल्थ डेस्क स्थापना भएको ठाउँहरुमा आवश्यक चिकित्सकहरु सर्वसाधारणलाई चेकजाँच गर्ने कार्य गरिरहेका छन । नगरको नगर कार्य पालिकाको कार्यालय गरुडाको मुख्य गेट, विर्ता चौक, शिवनगर, मलाहिटोल गेट लगाएतको ठाउँमा हेल्थ डेस्क स्थापना गरेर आवतजावत गर्नेहरुलाई कोरोनाको संक्रमण लागे नलागेको बारेमा चेकजाँच गर्ने कार्य गरिरहेको नगर प्रमुख ईनु राय यादवले जानकारी दिनुभएको छ । त्यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउँदै नगरको सम्पूर्ण वडा कार्यालय देखी लिएर अन्य कार्यालय तथा महत्वपूर्ण ठाउँहरुमा हात धुनको लागि सावुन, पानी र सेनिटाईजरको पनि व्यवस्था गरिएको गरुडा नगरपालिकाका मेयर यादवले बताउनुभयो । त्यस्तै नगरपालिकाले कोरोनाबाट बाच्न मास्क तथा सेनिटाईजर वितरण गर्ने कार्यलाई पनि तिव्रता दिएको छ । नगरपालिकाले नगरका गाउँ गाउँ एवं टोल टोलमा आम नागरिकलाई मास्क एवं सेनिटाईजर उपलब्ध गराईरहेको मेयर यादवले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *