Loading...
रौतहटको गरुडा नगरपालिकाद्धारा जिल्लामै पहिलो पटक पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालन

ओम प्रकाश यादव गरुडा १० चैत्र । रौतहटको गरुडा नगरपालिका जिल्लामै पहिलो पटक आफना नगरवासीको लागि एक रुपैया पनि नलाग्ने टोल फ्रि नम्बर आजदेखी सञ्चालनमा ल्याएको छ । नगरवासीको जिज्ञासा एवं गुनासो सुन्नको लागि नगरपालिकाले आजदेखी टोल फ्रि नम्बर १६६०५५५२००१ सञ्चालन गरेको हो । सञ्चालन भएको टोल फ्रि नम्बरमा विहान १० बजेदेखी लिएर बेलुकी ४ बजेको बिचमा कल गरी आफना जिज्ञासा एवं गुनासो टिपाउन नगरपालिकाले आफना नगरवासीलाई आग्रह गरेको हो । जिल्लामै अहिलेसम्म कुनै पनि स्थानीयतह टोल फ्रि नम्बर सञ्चालन गर्न नसकेको अवस्थामा पहिलो पटक गरुडा नगरपालिकाले आम जनताको लागि निशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसको अशंका लागेमा वा विकास निर्माणको कामदेखी लिएर नगरपालिकाको कुनै पनि गतिविधिको विषयमा चित नबुझेमा उक्त टोल फ्रि नम्बरमा सम्पर्क गरी गुनासो गर्न नगरपालिकाले सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । आम नगरवासीको जिज्ञासा एवं गुनासो सिधा मेयर समक्ष पुरयाउने लक्ष्यका साथ यो टोल फ्रि नम्बर सञ्चालन गरिएको मेयर ईनु राय यादवका सहयोगी स्वकीय सचिव गोपाल यादवले बताउनुभएको छ । टोल फ्रि नम्बरमा आउने कल गोपाल यादव रिसिव गर्नुहुने छ भने आम जनताको जिज्ञासा एवं गुनासो यादवले नै मेयर ईनु राय यादव समक्ष पुरयाउने काम पनि गर्नुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *