
१० चैत, डोटी । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।
Facebook Comments