Loading...
लकडाउनले रौतहट जिल्ला पुरै सुनसान, खाद्यान र औषधी बाहेक सबै पसल बन्द

ओम प्रकाश यादव रौतहट, चैत्र ११ गते । सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलवारदेखी देशभरी नै लकडाउन घोष्णा गरी सर्वसाधारणहरुलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि अन्य जिल्ला सँगै रौतहट पनि पुरै सुनसान बनेको छ । सरकारले आज (मंगलबार) बिहानैदेखि देशभर बन्द अर्थात् ‘लक डाउन’ गरेको छ । नेपालमा एक जनामा कोरोना भाइरस संक्रमण पाइएपछि सरकारले मंगलबार देखि एक हप्तासम्म ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक अरू कामका लागि १ हप्तासम्म अर्थात् चैत १८ गतेसम्म बिहान ६ बजेदेखी साँझ ६ बजेसम्म कोही पनि घरबाट बाहिर निस्कन पाउने छैनन । लकडाउनका कारण सर्वसाधारणहरु मंगलवार विहानै देखी घरबाट बाहिर निस्कन छाडेपछि रौतहटका शहर बजार देखी लिएर गाउँघर पनि सुनसान बनेको छ । अन्य दिनहरुमा मानिसको भिडभाड हुने जिल्लाको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर लगाएतका बजारहरु विहानैदेखी सुनसान बनेको छ भने अन्य सडक बजारसँगै शहर र गाउँघरका पनि भित्रि गल्ली समेत सुनसान देखिएको छ । मानिसहरु घरमै वसिरहेका छन् जस्का कारण पुरै जिल्ला नै सुनसान देखिएको छ । विहानैदेखी जिल्लाको सम्पूर्ण शहर बजारहरुमा रहेको खाद्यान एवं औषधी बाहेकका सम्पूर्ण पसल पनि बन्द भएको छ भने सवारी साधन पनि चल्न सकिरहेको छैन । अरुको सवारी साधान बन्द भएपनि स्वास्थ्यकर्मी, एम्बुलेन्स, प्रहरी र पत्रकारको सवारीसाधान भने सञ्चालनमा नै रहेको पाईएको छ । अन्य कामका लागि घरबाट बाहिर निस्कन प्रतिबन्ध लागेपनि पनि औषधिउपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन् । लकडाउनको मध्य नजर गर्दै जिल्लाका देवाही गोनाही, गरुडा, माधवनारायण लगाएतका नगरपालिकाहरुले हाट बजार लगाउन रोक लगाउनुको साथै र नगर भित्र रहेका खाद्यान एवं औषधी पसल बाहेक सम्पूर्ण पसलहरु पनि बन्द गर्ने निर्णय गरिसकेका छन । लकडाउनको उल्लंघन गरी जथाभावी घर बाहिर निस्कनेलाई ६ महिना कैद र ६ सय रुपैया जरीवाना वा दुवै सजाए हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *