Loading...
मैथिली फिल्ममा, निर्माता फकाउने हिरो, श्रीमती हिरोइन, बुवा-ससुरा गुण्डा बन्दा नचलेको हो ?

काठमाडौँ । मधेश र खास गरेर मिथिलामा थुप्रै कलाकारहरु छन् । आफ्नै भाषा मैथिली देखि नेपाली फिल्म हुँदै बलिउडसम्म मिथिलाका कलाकारहरुले चिनाएका छन् । कतिपय कलाकारहरु अहिले पनि स्ट्रगल गरिरहेका छन् । मौका नपाएर होला खास गरेर जनकपुरका कतिपय कलाकारहरु दिग्ज भएर पनि कलाकारिता छाडेर आफ्नो ब्यबसाय तिर लागेका छन् । त्यो पनि ठूला व्यसाय होइन कोहि मसला बेचेर त कोहि बेसार सम्म बेचेर बसेका छन् । ति कलाकारहरु ३० बर्ष अगाडी भारतको विभिन्न शहरमा समेत सम्मानित भैसकेका छन् ।
तर अहिले यस्तो अबस्था किन त ? जब कि अहिले पनि नेपाली फिल्महरुमा रमा मण्डल, प्रमोद अधिकारी, कामेश्वर चौरसिया, नाजिर हुसेन, रवीन्द्र झा, अमितेश शाह, गुरुदेव कामत, धिरेन्द्र प्रेमर्षी, रुपा झा, हरिशंकर चौधरी, रमेश रन्जन, प्रियंका झा, सरोज खिलाडी, सरिता साह, डोली सरकार, पुरेंदु झा लगायतका कलाकारहरु काम गरिरहेका छन् ।

धिरेन्द्र प्रेमर्षी, रुपा झा, रबिन्द्र झा, सुनिल मल्लिक, मदन ठाकुर, सुनिल मिश्र, रमेश रंजन झा, प्रियंका झा, प्रमेश झा, सरोज खिलाडी, नबिन मिश्र, राम नारायण ठाकुर, उपेन्द्र भगत नगबंशी, प्रदीप शर्मा, ओम प्रकाश कर्ण, प्रवेश मल्लिक, नेहा झा, रश्मि झा, अशोक दत्त घनश्याम मिश्र, सरिता साह लगायतका कलाकारहरु स्थापित नाम हुन् । तराई मधेशमा सबै भन्दा राम्रो बजार हिन्दी फिल्मकै छ । मधेशमा मैथिली, भोजपुरी, अवधि, थारु लगायतका भाषामा फिल्म निर्माण भएपनि त्यसको बजार त्यति राम्रो छैन ।

मधेशका कलाकारहरुलाइ समाबेश गरेर नेपाली फिल्महरुले दाम कमाउछन तर मैथिली फिल्मले कमाउदैन किन ? किन मैथिली फिल्मको बजार संकुचित हुदै गइ रहेको छ ? एकमा एक कलाकारहरु जति पनि छन् , जनसंख्या पनि राम्रै छ तर बजार छैन किन त यस्तो ? मैथिली फिल्म नचल्नुको यस्तो छ कारण ! जसले यो फिल्मी क्षेत्रलाइ बुझेको छ त्यहा सम्म निर्माता पुग्दैनन । जो कलाकार छन् उनले फिल्म खेल्न पाउदैनन, मैथिली कलाकारहरु कार्यक्रम गोष्ठीहरुमा जान पाउदैनन । एकले अर्कालाइ सम्मान गर्दैनन् । आफू भन्दा ठूलो कोहि नभएको घमण्ड बढि देखाउछन । नेपाल मै पहिलो पल्ट रेडियो नाटक सुरु गर्नु भएको मैथिली क्षेत्रका चर्चित कलाकार सरोज “खिलाडी” भन्नु हुन्छ – ” मैले दर्जनौ कलाकारहरुलाई हात समातेर कलाकारिता क्षेत्रमा लाग्न प्रेरित गरेको हुँ, अझ सिकाएको भन्दा नि हुन्छ तर त्यहि कलाकार १ वटा फिल्ममा एउटा सानो भूमिकामा फिल्म खेल्नु भयो भने मेरो नै गुरु जस्तो घमण्ड देखाउन थाल्नु हुन्छ । ” खिलाडीले अगाडी थप्नु भयो -” मैले मैथिली क्षेत्रमा खास गरेर ड्रामामा अभिनय गर्न लाग्न प्रेरित गरेको बेला जुन कलाकारले मैथिली बोल्न आएपनि आफनै भाषा मा बोल्दा कसैले हेप्ला जस्तो गरेर मैथिली बोल्न आउदैन भन्थ्यो, जसलाई सिखाइन्थ्यो उही कलाकार आफ्नो अगाडी महान बन्दा चित दुख्छ ।”

मैथिली क्षेत्रमा लगानी गर्ने निर्माताहरु कलाकारका नाममा लुटेर खानेको शरणमा पुग्ने गरेको छ । उनीहरुलाई मैथिली फिल्मका नाममा लुटेर खाने लुटेराहरुले कम पैसा मै फिल्म तयार हुने बताउने गरेको छ । पैसा कम खर्च गरेर फिल्म बन्ने भएपछी निर्माताहरु पनि दंग पर्छन । तर के थाहा पाउदैनन भने त्यस्तो फिल्मको कथा गित र खास गरेर क्यामरा गुणस्तर हिन भएको हुनाले हल सम्मै पुग्दैनन र लागेको ५ -१० लाख समेत उठदैन र त्यो निर्माताले जिन्दगीमा कहिले पनि फिल्म बनाउदैनन ।
घरमै बसी बसी मैथिली एल्बम निकाल्ने धेरै छन् तर एल्बमको माथिको पोस्टर निस्किन्छ क्यासेट वा सिडि निस्किन्न । त्यही पोस्टर देखाएर आफ्नो दर्कनौ एल्बम निस्केको र आफू लोकप्रिय भएको भनेर निर्मातालाइ मुर्ख बनाउने गरेको छ । अझ यति सम्म गर्छन कि मुख र नाक जस्तो भएपनि कुनै प्रोजेक्ट हातमा आउनुपर्छ आफै हिरो, आफ्नै श्रीमती हिरोइन, छोरा छोरी बाल कलाकार र ससुरा र बुवा भिलेन बनेर समेत फिल्म बनाउन तयार हुन्छन । आधा फिल्म बन्दा बन्दै निर्माता फरार हुने गरेको छ ।

आज भन्दा लगभग २० बर्ष अगाडी एउटा फिल्म बनेको थियो “सस्ता जिन्दगी महग सेनुर” त्यो फिल्म ५००% नाफा कमाएको जानकारहरु बताउछन । त्यो फिल्म पछि एक चोटी त मैथिली फिल्मको बाढि नै आएको थियो । तर भयो के भने गुणस्तरहिन निर्माणका कारण कुनै पनि फिल्महरु चलेन ।

अत : अहिले पनि महेन्द्र मलंगिया, रमेश रंजन झा जस्ता लेखकहरुको कथा पटकथामा धिरेन्द्र प्रेमर्षीको गीत, सुनिल प्रवेशको संगीत, उदित नारायण झा, साधना सरगम, अल्का याग्निक, रुपा झा लगायतको गायन , पुरेंदु झा, अमितेश शाह जस्ता निर्देशकको निर्देशनमा प्रमोद अधिकारी, कामेश्वर चौरसिया, नाजिर हुसेन, रवीन्द्र झा, अमितेश शाह, गुरुदेव कामत, धिरेन्द्र प्रेमर्षी, रुपा झा, हरिशंकर चौधरी, रमेश रन्जन, प्रियंका झा, सरोज खिलाडी, सरिता साह, डोली सरकार, कलाकारहरुको सहभागितामा फिल्म बनाउने हो भने अहिले पनि हिन्दि र भोजपुरी फिल्मलाइ टक्कर दिने हैसियत मैथिली फिल्मले राखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *