Loading...
लकडाउनले आज दोश्रो दिन पनि रौतहट जिल्ला सुनसान, खाद्यान र औषधी बाहेक सबै पसल बन्द

ओम प्रकाश यादव गरुडा, चैत्र १२ गते । सरकारले घोष्णा गरेको लकडाउनका कारण रौतहट जिल्ला बुधवार आज दोश्रो दिन पनि पूर्ण रुपमा बन्द रहेको छ । बन्दका कारण जिल्ला विहानै देखी पुरै सुनसान देखिएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलवारदेखी कसैले पनि विशेष काम बाहेक घरबाट बाहिर निस्कन नपाउने गरी देशभरी नै लकडाउन घोष्णा गरेसँगै रौतहट बन्द हुँदा आज विहानैदेखी पुरै सुनसान बनेको देखिएको छ । लकडाउनका कारण मानिसहरु घरबाट निस्कनै छाडेपछि जिल्लाका गौर, गरुडा, समनपुर, चन्द्रनिगाहपुर, कटहरिया लगाएतका सम्पूर्ण शहर बजार तथा गाउँ टोलका सडकहरु पनि सुनसान बनेको हो । जिल्लाका सम्पूर्ण शहर बजारहरुमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी तथा खाद्यान पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ । बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले सहयोग गरिरहेको छ । लकडाउनको बेला घुमफिर गर्ने उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा निगरानी गरिरहेका छन । लकडाउनको समयमा एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन । कोरोना त्रासका कारण रौतहटमा स्थानीयहरु घर भन्दा बाहिर निस्किन चाहेका पनि छैनन् । त्यस्तै बन्दका कारण जिल्लाभरी यातायातका साधन पनि पूर्ण रुपमा ठप्प रहेका छ । मंगलवारदेखी नै साना ठुला गरी सबै किसिमका निजी तथा सार्वजनिक सवारी साधानहरु चल्न सकिरहेका छैनन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *