Loading...
महासंकट कोरोनाबाट सुरक्षित एवं सतर्क रहन नगर प्रमुख विरेन्द्र यादवको नगरवासीलाई आग्रह

ओम प्रकाश यादव गरुडा, चैत्र १२ गते । रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले महासंकटको यसघडिमा आफना नगरवासीलाई सुरक्षित एवं सतर्क रहन आग्रह गर्नुभएको छ । विश्वभरी फैलिएको महामारीबाट जोगिन सरकारले जारी गरेको उक्त निर्देशनलाई पाल्ना गरी सो अवधीभर सम्पूर्ण नगरवासी सुरक्षित एवं संयमतापूर्णक आ आफनै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन नगर प्रमुख यादवले आफना नगरवासीलाई आग्रह गर्नुभएको हो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन तथा सो भाइरसको रोकथामका लागि चैत्र ११ गते विहान ६ बजेदेखी चैत्र १८ गते विहान ६ बजेसम्मको लागि लागु गरेको लकडाउनको पाल्ना गरी घरमै बसिदिन हुनको लागि माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले आफना नगरवासीलाई हार्दिक अपिल गर्नुभएको छ । यस दुखदघडीमा नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई एकदम सर्व सुलभ तरिकाले विक्रि वितरण गरिदिनको लागि पनि मेयर यादवले व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *