Loading...
देवाही गोनाही नगरपालिकाको टेकनिक ईन्सिटच्युटमा ४० शैयाको क्वारेन्टाईन कक्ष निर्माण हुँदै

ओम प्रकाश यादव चैत्र १२ गते, रौतहट । कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको देवाही गोनाही नगरपालिकाले ४० शैयाको क्वारेन्टाईन कक्ष निर्माण गर्न लागेको हो । नगरपालिकाले वडा नं ९ धरहरि स्थित रहेको पोली टेकनिक ईन्सिटच्युटमा ४० शैयाको क्वारेन्टाईन निर्माणको कार्य अघि बढाएको हो । कोरोना भाइरसको संक्रमणबाट बेलैमा बच्नका लागि क्वारेनटाइन निर्माण कार्य शुरु गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनुभयो । हिजोदेखी शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम आजसम्म लगभग ८० प्रतिशत सम्पन्न भइसकेको र अब २० प्रतिशत काम मात्रै बाँकी रहेको मेयर पटेलले बताउनुभयो । भोलीसम्म क्वारेन्टाईन निर्माणको काम पुरा भइसक्ने र भोलीदेखी सुचारु पनि हुने उहाँले बताउनुभयो । क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर एमबीबीएस तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर पटेलले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *