Loading...
धेरै धपेडी गर्ने प्रम ओलीको मुटुको चालमा समस्या, अस्पताल भर्ना, शरीरमा असहज महसुस

१४ चैत, काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएपछी प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै धपेडी गरेपछि स्वास्थ्यमा समस्या देखिएको हो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *