Loading...
देवाही गोनाही नगरपालिकामा एक घर एक डिटौंल साबुन र मास्क वितरण शुरु – मेयर पटेल

ओम प्रकाश यादव गरुडा, चैत्र १३ गते । कोरोना भाईरसबाट आफना नगरवासीलाई जोगाउन रौतहटको देवाही गोनाही नगरपालिकाले आजदेखी एक घर एक डिटौंल साबुन र मास्क वितरण गर्न शुरु गरेको छ । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन देवाही गोनाही नगरपालिका मेयर धर्मेन्द्र पटेल तथा उपमेयर परनिया देवी पटेल संयुक्त रुपमा आफना नगरका प्रत्येक वडामा आजदेखी डिटौंल साबुन र मास्क वितरण गर्न शुरु गर्नुभएको छ । आफना नगरका प्रत्येक वडाको घरघरमा १२५ गा्रमको डिटौंल साबुन र दुई दुई पिस मास्क वितरण गरिरहेको मेयर पटेलले बताउनुभयो । कोरोनाबाट बेलैमा आफना नगरिकको जिउ ज्यान जोगाउन उपमेयर परनिया देवी पटेलको सहकार्यमा आजदेखी वडा नं ३ देवाही गाउँबाट साबुन र मास्क वितरण कार्यको शुरुवात गरिएको मेयर धर्मेन्द्र पटेलले बताउनुभयो । आज वडा नं. ३ देवाहीमा ७५० पिस साबुन र १५ सय पिस मास्क वितरण गरिएको तथा भोली वडा नं ९ धरहरी सहित अन्य वडामा पनि साबुन र मास्क वितरण हुने मेयर पटेलको स्वकीय सचीव अशोक पटेलले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *