Loading...
कोरोना भाइरसबाट बच्न नेकपा नगर अध्यक्ष जावेद आलम खांदवारा मास्क वितरण

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र १३ कोरोना भाइरस विश्व भरिमा महामारीको रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरुको उपचार पनि भइ रहेको छ। यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा मास्क वितरण गरिएको छ। कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा, झण्डानगर र वडा नं ११ पटना गाउँमा माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकारको निर्देशन पालना गर्न समेत आग्रह गरे। हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटीका उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खान, किमाम फाउन्डेशन नेपालका अध्यक्ष शेख अब्दुल कय्यूम मदनीको सहयोगमा उक्त मास्क वितरण गरिएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *