Loading...
नेकपा कै नेता शर्माले मागे ओलीको राजिनामा, लगाए संगिन आरोप, ओलीलाई दिए यस्तो सुझाब

महोत्तरी दर्पण चैत १५, २०७६ शनिबार ।कोरोना भाइरस विरुद्ध जनअपेक्षा बमोजिम काम गर्न नसकेको भन्दै सत्तारुढ नेकपाकै एक नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

नेकपाका स्थायी समिति सदस्य रामकुमार शर्माले सामाजिक सञ्जाल फेसबुकमा सुझावसहितको स्टाटस लेखेर प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न माग गरेका हुन्। उनले प्रधानमन्त्री ओलीलाई आराम गर्न र स्वास्थ्यलाभ लिनसमेत सुझाव दिएक छन्।

उनले भनेका छन्, ‘तमाम समीक्षाको आधारमा सरकारले काम गरेको छ। तर जनअपेक्षा अनुसार दुई तिहाईको सरकारले जसरी तिब्र गतिमा परिणाममुखी काम गर्नुपर्थ्यो, त्यसमा चुकेकै हो।’ उनले कोरोना भाइरसको विषयमा संसदमा विपक्षीहरु, नागरिक समाज वा आम जनता नै सरकारको तयारीबाट सन्तुष्ट नदेखिएको समेत औँल्याएका छन्।

‘प्रधानमन्त्रीजी तपाईँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस्, स्वास्थ्यलाभ लिनुहोस्,’ पूर्वसांसद्समेत रहेका उनले भनेका छन्, ‘नेपाली जनताले तपाईँलाई सम्पूर्ण सम्मान दिएकै हो। बाँकी जीवनभरिलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ। राजीनामा गरेर बाटो खुला गरिदिनुहोस्।’

उनले महामारीसँग खेलवाड नगर्न समेत सरकारसँग आग्रह गरेका छन्। उनले नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाई परास्त गर्दै संकटलाई अवसरमा बदल्ने विश्वाससमेत व्यक्त गरेका छन्। नयाँ नेतृत्वले जनचाहना अनुसारको काम मार्फत देश र जनताको विश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस् भन्ने सुझाव पनि दिएका छन्।

सरकारले कोरोना महामारीसँग लड्न जसरी तीनै तहको सरकारसँग गर्नुपर्ने समन्वय नभएको, तीनै तहको सरकारको बीचमा कामको बाँडफोड नभएको र आवश्यक संस्थामा ल्याबको व्यवस्था सरकारले नगरेको समेत उनले गुनासो गरेका छन्। बृहत स्तरमा चेकजाँच गर्न, रोग लागेकाहरुलाई सुविधाजनक अस्पतालमा उपचार गर्न, रोगबाट बच्नका लागि आवश्यक मास्क, सेनिटाइजर, ग्लोब्स आदिको पर्याप्त व्यवस्था गर्न र महामारीबाट लड्न पर्याप्त रकमको व्यवस्था गर्न सरकार चुकेको समेत उनको निष्कर्ष छ l

mahottaridarpan.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *