Loading...
कोरोनाबाट वडा बासीको जिउ ज्यान जोगाउन अध्यक्ष राजीवद्वारा हजारौं मास्क र साबुन वितरण

कोरोना भाइरस फैलिन नदिन तथा यश बाट बच्नको लागि रौतहटको माधवनारायण नगरपालिका वडा नं 6 माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले आफ्ना वडामा हजारौं माक्स र सयौ पिस साबुन वितरण गरेका छन् । वडा अध्यक्ष यादवले शुक्रबार र शनिबार गरी 5 हजार पिस मास्क र 15 सय पिस साबुन वितरण गरेका हुन् । माधो पुरका प्रत्येक घरमा परिवारको संख्याको आधारमा मास्क र साबुन वितरण गरेको वडा अध्यक्ष राजीव यादवले बताए । कोरोना भाइरस बाट वडा बासी को जिउ ज्यान बेलैमा जोगाउनको लागि माक्स र साबुन वितरण गरिएको उनले बताए । यसैबीच माधों पुर मा चाँडै व्यवस्थित बजार लगाउने पनि तयारी भइरहेको रजपा क्षेत्र नं 1 ख विधान सभाका क्षेत्रीय अध्यक्ष संजिव कुमार यादवले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *