Loading...
प्रदेश सरकारलाई एक्लै धक्का दिने दिपक, लामखुट्टे बढेको गुनासो पछि छर्के किटनासक औषधि

धनुषा,  जनकपुरधाममा सबै भन्दा बढी सर सफाईमा समय दिने दशरथ नगर टोल सुधार समाजका अध्यक्ष हुन दिपक ठाकुर। उनी जनकपुरधाम वार्ड ८ को फोहर संकलन होस वा आफ्नो वार्डको पोल पोलमा बिधुत जडान वा घर घरमा फोहर बाट हुने खतरा बारे समाजमा जनचेतना जगाउने काम गर्दै आइरहेका छन । उनको आज भोलि दिनचर्या नै बनेको छ । आफ्नो वार्डमा फोहर ब्यबस्थापनका निमित्त घर घरबाट फोहर संकलन नियम नै लगाएका छन र वार्डका जनता पालना समेत गर्दै आई रहेको महोत्तरी दर्पणलाई बताए।

करोना महामारीलाई मध्ये नजर राखी दशरथ नगर टोल सुधार समाज जनकपुरधाम-८ द्वारा आफ्नै स्तरमा टोलका घर, नाला तथा खाली जग्गाहरुमा लामखुट्टे नियन्त्रणको निमित्त किटनासक औषधि छर्केका छन । आफ्नो वार्डमा लामखुट्टे अत्याधिक वृद्धि भएको जन गुनासो समेत आएको बताए ।

समाजिक सन्जालमा सर सफाई अभियानी दिपक ठाकुर लेख्छन् । कुनै रोग या संक्रमण सगँ लड्न हामी तयार छौ । दैनिकी घरबाट निस्केका फोहोर जथाभावी नफाली फोहोर संकलनका लागि आउने गाडीमा फोहोर राखी आफ्नो वरिपरि स्वच्छ सफा राखी समितिलाई सहयोग गरौ ।

कोरोना भाईरसको कारण बिश्व नै चिन्तित बनेको छ भने नेपालमा अहिले सम्म ५ जना को संक्रमण देखिएको छ । सरकारले जारी गरिएको सूचनालाई पालन गरि महामारी सगँ लड्न एक भै अगाडि बढौ । सचेत रहने आम वार्डबाशिमा जानकारी गराएका छन ।

महोत्तरी दर्पण

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *