
१८ चैत, काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । वर्षभर ५२ वटा शनिबार परेका छन् । २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।
वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।
यी हुन् सार्वजनिक विदा हुने दिन
बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, २५ गते बैशाख बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ । चैत १५ गते फागूपूर्णिमाको दिन ५६ जिल्लामा र १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ ।
Facebook Comments