Loading...
फतुवा विजयपुर नगरपालिकामा माक्स र साबुन वितरण, १५ बेडको क्वारेन्टाइन निर्माण

ओम प्रकाश यादव चैत्र १८  गते, रौतहट । कोरोना भाइरसबाट आफ्ना नगर बसीको बेलैमा ज्यान जोगाउन रौतहटको फतुवा विजयपुर नगरपालिकाले पनि हजारौं पिस मास्क र साबुन वितरण गरेको छ । नगरको प्रत्येक वडामा गरी करिब ५५ हजार मास्क र १५ हजार साबुन वितरण गरेको नगर प्रमुख गोपाल यादवले बताउनुभएको छ । सबै पालिका हरुले मास्क र साबुन वितरण गरेकेलो आफू पनि पहिलो चरणमा मास्क र साबुन बाँडेको मेयर यादवले बताउनुभयो । त्यस्तै लक डाउनका कारण खासगरी दैनिक ज्यालादारी गरी गुजारा चलाउनेहरू निकै मारमा परेको भन्दै त्यस्ता गरीब मजदुरलाई खाद्यान्नको व्यवस्था पनि आफू गर्न लागेको मेयर यादवको भनाई छ । फतुवा विजयपुर नगरपालिकाले मावि दुधिअवमा १० बेडको क्वारेन्टाइन पनि निर्माण गरी सञ्चालन गरिसकेको छ । अहिले तत्काल १० बेडकै क्वारेन्टाइन निर्माण गरिएको र आवस्यक परे यो संख्या बढाउन पनि सकिने मेयर गोपाल यादवले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *