Loading...
यी हुन् मेयर श्याम यादव, राहत प्याकेज घोषणा गर्दै भने- “म हुँदा सम्म कसैलाई भोखै मर्न दिन्न”

ओम प्रकाश यादव चैत्र 18 गते, रौतहट । रौतहटको गढीमाई नगरपालिकाले ज्यालादारीमा आश्रित गरीब असहाय परिवारका लागि राहत वितरण गर्न सुरु गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लक डाउन को कारण देशभरिका नागरिक अहिले घरमै बस्न बाध्य भए पछि दैनिक मजदूरी गरेर गुजारा चलाउने गरीब असहाय परिवारहरूलाई खानपिनमा समेत आफत परेपछि नगरपालिकाले त्यस्ता गरीब मजदुरहरुलाई राहत बाँड्न सुरु गरेको हो । महा विपद् तथा संकटको यो घडीमा गढीमाई नगरपालिकाले आफ्ना क्षेत्रमा रहेका सम्पूर्ण गरीब तथा असहाय परिवारलाई कुनै किसिमको अभाव हुन् नदिन विशेष राहत प्याकेज घोषणा गरी वितरणको कार्य पनि थालेको मेयर श्याम प्रसाद यादवले बताउनुभएको छ । मेयर यादवले कुनै पनि हालतमा आफू आफ्ना नगर बासीलाई भोकबात मर्न नदिने बताउनुभयो । गरीब असहाय विपन नागरिकको लागि एक सय क्विन्टल चामल,पाँच क्विन्टल दाल, दुई क्विन्टल तेल र नून स्टोक गरी राखेको मेयर श्याम यादवले जानकारी दिनुभयो । पहिलो चरणमा भूमि नै नहुने अति गरिबको रूपमा चिनिने डोम तथा मुसहर जातिलाई राहत वितरण गरिरहेको र अन्यलाई वितरण गर्न को लागि अहिले तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको मेयर यादवले बताउनुभयो । वास्तविक गरीब एवं मजदुरको पहिचान गर्ने काम अहिले भइरहेको र पहिचान हुने गरीब परिवारहरूलाई राहत उपलब्ध गराउने मेयर श्याम यादवले स्पष्ट पार्नुभयो । महासंकतको यो बेला अन्य स्थानीय तहहरू राहत वितरण गर्न बेवास्ता गरेको बारे आलोचना भइरहेको अवस्थामा गढीमाई नगरपालिकाका मेयर श्याम यादवको यो कदम सराहनीय रहेको भन्दै सर्वत्र प्रशंसा भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *