Loading...
पकहा टोलको तीन घरमा आगलागी, लाखौंको क्षति, मेयर श्याम यादवद्धारा राहत वितरण

ओम प्रकाश यादव चैत्र  १८ गते, रौतहट रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर पकाहामा गयराति तीन जनाको घरमा आगलागी भएको छ । स्थानीय रामध्यण राम महरा, लालबाबुराम र उमेश सहनीको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । राम ध्यानको फू सको घरबाट सुरु भएको आगलागीले तीनैजनाको घर जलेको हो । राम ध्यानको घर पूर्णरुपमा जलेर खरानी भएको छ भने लालबाबु र सहनीको घर आंशिक रूपमा जलेको बताइएको छ । यसैबीच गढीमाई नगरपालिकाले आज आगलागी पीडितहरुलाई राहत उपलब्ध गराएको छ आगलागी पीडित दाजुभाइ राम ध्यान र लालबाबु लाई ३५/३५ किलो चामल, सहनिलाई ३० किलो चामल, ४/४ किलो दाल, एक एक किलो तेल र नुन वितरण गरेको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिनुभएको छ । आगलागी पीडितहरुलाई अति गरीब परिवार भएकोले राहत स्वरुप उक्त खाद्यान्न वितरण गरेको मेयर यादवले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *