Loading...
मौलापुर नगरपालिका उदासिन भएपछि कांग्रेसका नेता साहले गरे माक्स र साबुन वितरण

ओम प्रकाश यादव चैत्र १९ गते, रौतहट । रौतहटको मौलापुर नगरपालिका ५ मौलापुरका नेपाली कांग्रेसका वडा अध्यक्षका प्रत्याक्षी संतोश साहले आफना वडावासीको ज्यान जोगाउन लागि परेका छन । विपदको यो घडीमा मौलापुर नगरपालिकाले आफना वडामा नागरिकको जिउ ज्यानको सुरक्षाको लागि अहिलेसम्म कुनै पनि काम नगरेपछि बाध्य भएर आफु वडाबासीको ज्यान जोगाउन लागि परेको साहले बताएका हुन । कोरोना भाइरसका कारण विश्व नै अहिले संकटमा परेपछि रौतहटका अधिकांश स्थानीय तहहरुले आफना नगरवासीलाई कोरोनाबाट बचाउन तथा यस्को रोकथामका लागि विभिन्न कदम चाले पनि मौलापुर नगरपालिकाले अहिलेसम्म वडा नं ५ मा एउटा माक्ससम्म समेत वितरण गर्न नसकेपछि बाध्य भएर आफु वडाबासीको जिउ ज्यानको सुरक्षाको लागि माक्स, साबुन वितरण गरेको कांग्रेसका वडा अध्यक्षका प्रत्याक्षी संतोश साहले बताएका छन । कांग्रेसका युवा नेता साहले आफना व्यक्तिगत लगानीमा आज वडा नं ५ मौलापुरमा २ हजार पिस माक्स र २ हजार पिस साबुन वितरण गरेका हुन । घर घरमा पुगेर परिवारको सदस्य संख्याको आधारमा माक्स र साबुन वितरण गरेको मौलापुर वडा अध्यक्षका प्रत्याक्षी संतोश साहले बताए । सरकारले लागु गरेको लकडाउनका कारण घरभित्रै बस्नु पर्ने बाध्याता भएकोले दैनिक ज्यालादारी गरेर छाक टार्ने गरिव मजदुरलाई अहिले एक छाक टार्न धौ धौ परेको छ । त्यस्ता गरिव असाहायलाई पहिचान गरी आफु खाद्यान सामग्रि पनि वितरण गर्ने कांग्रेसका नेता साहले बताएका छन । विपदको यो घडिमा खाना नपाई समस्यामा परेका नागरिकहरुको आफु सहयोग गर्न तयार रहेको नेता साहले बताए । आफु कुनै पनि हालतमा आफना नगर एवं वडावासीलाई भोकै मर्न नदिने उनले बताए । नगरको कुनै पनि वडामा खाना नपाएर समस्यामा परेका गरिव नागरिकहरु भए आफनो मोवाईल नं ९८४५३५३०१५ मा सम्पर्क गर्न नेता साहले आग्रह गरेका हुन । आफुलाई सम्पर्क गर्ने व्यक्तिलाई उनको घरमै गएर खाद्यान सामग्रि पुरयाईदिने उनले बताए । नगरपालिका, संघिय सांसद, प्रदेश सांसद लगाएतले गर्न नसकेको काम एउटा वडा अध्यक्षका प्रत्याक्षी संतोश साहले गरेपछि अहिले स्थानीयवासीहरुले उनको खुलेरै प्रशंसा गर्न थालेका छन । यस्तो दुखको घडिमा पनि मौलापुर नगरपालिकाले वडा नं ५ मा केहि पनि नगर्नु दुखद भएको स्थानीयहरुले गुनासो गरेका छन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *