Loading...
विश्वहिन्दू महासंघ की महासचिव भण्डारीले राम नवमीको शुभकामना दिदै यस्तो भनिन् (भिडियो)

काठमाडौं चैत २०, हरेक वर्षको चैत शुक्ल नवमीको अवसरमा मनाइने रामनवमी पर्वका दिन आफ्नो स्थापना दिवश मनाउदै आएको विश्वहिन्दू महासंघले आफ्नो ४० औं स्थापना दिवसका अवशरमा हुने सवै कार्यक्रमहरु स्थगित गरेको छ ।

विश्वव्ययापी रुपमा फैलिएको कोभिड १९को माहामारीको संक्रमण मुलुकमा पनि फैलिनबाट रोक्नका लागि सरकारले गत चैत ११ देखि जारी गरेको लक् डाउन आदेशका कारण यसवीचमा मनाइने सवै कार्यक्रम महासंघले स्थगन गरेको महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले टेलिफोन सम्पर्कमा बताएकी छिन ।

साथै उहाँले मर्यादा पुरुषोत्तम भगवानको जन्मजयन्ती एवम् महासंघको स्थापना दिवसको अवसरमा सवैमा शुभकामना व्यक्त गर्दै कोभिड- १९ को महामारीको यो त्रास बाट नेपाल सहित विश्वले छुटकारा पाओस भन्ने कामना सहितको भिडियो सन्देस सामाजीक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *