Loading...
छाक टार्न नसक्नेलाई नगर प्रमुख पटेलले राहत वितरण गर्दै, वडा स्तरीय समिती गठन हुने

ओम प्रकाश यादव चैत्र २० गते, रौतहट । सरकारले लागु गरेको लकडाउनका कारण खाना नपाई समस्यामा परेका अति गरिव तथा विपन्न परिवारलाई रौतहटको देवाही गोनाही नगरपालिकाले राहत वितरण गर्ने भएको हो । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अगामी २५ गतेसम्मका लागि अति आवश्यक काम बाहेक कसैले पनि घर बाहिर ननिस्कने गरी देशैभरी लकडाउन घोष्णा गरेसँगै सबै नागरिकलाई घरमै बस्नुपर्ने बध्याता भएपछि दैनिक ज्यालादारी गरी दैनिकि चलाउने गरिव मजदुरहरुलाई अहिले एक छाक टार्न मुस्किल भएको छ । यस्तो संकटको घडिमा आफना नगरका ज्यालादारीमा आश्रित अति गरिव घरपरिवारलाई खाद्यान उपलब्ध गराउने देवाही गोनाही नगरपालिकाले निर्णय गरेको हो । नगर प्रमुख धर्मेन्द्र पटेलले गरिव एवं विपन्न परिवारलाई आवश्यक राहत वितरण गर्न गरिव घर पहिचालन गर्ने काम भइरहेको बताउनुभएको छ । सबै वडामा अहिले गरिवघर परिवार पहिचान गर्ने काम भइरहेको र पहिचान हुने वितिकै तुरुन्त वास्तविक गरिव परिवारलाई आवश्यक पर्ने चामल, दाल, तेल,नुन लगाएतका खाद्यान सामग्रि वितरण गर्ने नगर प्रमुख पटेलले बताउनुभयो । नगरका वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरुको अध्यक्षतामा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल प्रहरी, शस्त्र प्रहरीको प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधिहर सदस्य रहने गरी वडा स्तरीय समिती गठन हुने र सोही समितिका मार्फत राहत वितरण गर्ने निर्णय भएको नगर प्रमुख पटेलले बताउनुभयो । अबको एक दुई दिनमै नाम संकलन गर्ने काम सकिने र नाम संकलन गर्ने काम सम्पन्न हुने वितिकै राहत बाडन शुरु गर्ने उहाँले बताउनुभयो । आफु पदमा रहुन्जेलसम्म आफना नगरका कसैलाई पनि भोकै मर्न नदिने नगर प्रमुख धर्मेन्द्र पटेलले दावी गर्नुभएको छ । यसअघि देवाही गोनाही नगरपालिकाले कोरोना बाट बच्न नगरका प्रत्येक वडामा माक्स र साबुन वितरण गरिसकेको छ भने ४० शैयाको सुरक्षित क्वारेन्टाईन पनि निर्माण गरिसकेको नगर प्रमुख पटेलका स्वकीय सचिव अशोक पटेलले जानकारी दिनुभयो । यसअघि जिल्लाको गौर, गढिमाई, मौलापुर लगाएतका नगरपालिकाले आफना आफना नगरमा राहत वितरण गरिसेकाका छन भने यमुनामाई, दुर्गाभगवति गाउँपालिका तथा माधवनारायण, वृन्दावन, परोहा, राजदेवी, इशनाथ लगाएतका स्थानीय तहहरुले अझै राहत वितरण गर्न सकेका छैनन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *