Loading...
समाजवादी पार्टिका युवा नेता दासको सक्रियातामा सिस्वाका अध्यक्षले गरे माक्स र साबुन वितरण

ओम प्रकाश यादव । चैत्र २० गते, रौतहट । विश्व नै कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ९ रघुनाथपुरको सिस्वा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ । सिस्वाका वडा अध्यक्ष राजेश कुमार सहनीले समाजवादी पार्टिका युवा नेता राजकुमार दासको विशेष सक्रियातामा आज आफना वडामा १५ सय माक्स र ८ सय पिस साबुन वितरण गर्नुभएको छ । सिस्वाका प्रत्येक घरधुरीका प्रत्येक सदस्यहरुलाई एक एक पिस माक्स तथा १० जनाभन्दा कम परिवार सदस्य संख्या भएका परिवारलाई दुई दुई पिस र १० देखी २० जनासम्म परिवार संख्या रहेको परिवारलाई चार चार पिसको दरले साबुन वितरण गरेको वडा अध्यक्ष सहनीले बताउनुभयो । गरुडा नगरपालिकाका प्रतिनिधि अनिल कुमार यादव, समाजवादी पार्टिका युवा नेता राजकुमार दास, वडा सदस्य विशुनदयाल यादव, राजनैतिककर्मी शेख ओजैर, समाजसेवी राम बहादुर दास, समाजसेवी रामबाबु दास,छविलाल साह, राम चन्द्र दास, चन्देश्वर राय सहित वडा कार्यालयका कर्मचारी एवं नगरका सम्पूर्ण स्वास्थ्य चौकीहरुको स्वास्थ्यकर्मीहरुको उपस्थितमा उक्त माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष राजेश कुमार सहनीले बताउनुभयो । गरुडा नगरपालिकाको आर्थिक सहयोगमा उक्त माक्स र साबुन वितरण गरिएको उहाँले बताउनुभयो । माक्स र साबुन वितरणको काम अझै पर्सिसम्म जारी नै रहने र त्यसपछि खाद्यान्न सामग्रि वितरणको काम शुरु हुने छ । नगरपालिकाको प्रतिनिधि तथा गरुडा नगरपालिकाका मेयर इनु रायका कान्छो छोरा समेत रहनुभएका अनिल यादवले अबको एक दुई दिन भित्रमै नगरमा अति गरिव विपन्न परिवारहरुलाई राहत वितरण गर्ने बताउनुभएको छ । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अगामी २५ गतेसम्मका लागि अति आवश्यक काम बाहेक कसैले पनि घर बाहिर ननिस्कने गरी देशैभरी लकडाउन घोष्णा गरेसँगै सबै नागरिकलाई घरमै बस्नुपर्ने बध्याता भएपछि दैनिक ज्यालादारी गरी दैनिकि चलाउने गरिव मजदुरहरुलाई अहिले एक छाक टार्न मुस्किल भएको छ । यस्तो संकटको घडिमा आफना नगरका ज्यालादारीमा आश्रित अति गरिव घरपरिवारलाई खाद्यान उपलब्ध गराउने गरुडा नगरपालिकाले जनाएको छ । नगरका प्रत्येक वडामा अहिले गरिव घरपरिवार पहिचान गर्ने काम भइरहेको र पहिचान हुने वितिकै चामल, दाल, तेल,नुन,आलु, प्याज लगाएतका खाद्यान्न सामग्रि वितरण गर्ने मेयर यादवका छोरा अनिल यादवले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *