Loading...
प्रदेश २ का मन्त्रीहरुद्वारा प्रादेशिक अस्पतालको निरीक्षण, आजैे पिसिआर संचालनमा आउने

जनकपुरधाम, चैत २० । कोरोना उपचारको लागी तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको मन्त्रीहरुको टोली आज निरीक्षण गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव,मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको टोलीले अस्पतालको निरीक्षण गर्नु भएको छ । टोलीले कोरोना परीक्षणको लागी जडान भै रहेको पिसिआर को निरीक्षण समेत गर्नु भएको छ ।
पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको आजै अवेर राति देखी संचालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जनाउनु भएको छ ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए । उनिहरुले यस अघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *