Loading...
समाजवादीका नेता दासको विशेष सक्रियातामा श्रीपुर टोलमा दोश्रो दिन पनि माक्स-साबुन वितरण

ओम प्रकाश यादव चैत्र २१ गते । रौतहटको गरुडा नगरपालिकाका साविक गाविस रघुनाथपुर वाड नं ५ र ६ तथा हालको वडा नं ९ रघुनाथपुरको श्रीपुर टोलमा आज हजारौ पिस माक्स र साबुन वितरण गरिएको छ । रघुनाथपुरका वडा अध्यक्ष राजेश कुमार सहनीले आज दोश्रो दिन २५ सय माक्स र १३ सय साबुन वितरण गरेका छन । विश्व नै कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन वडा अध्यक्ष सहनीले समाजवादी पार्टिका युवा नेता राजकुमार दासको विशेष सक्रियातामा हिजोदेखी माक्स र साबुन वितरण गरिरहेका छन । श्रीपुरका प्रत्येक घरधुरीका प्रत्येक सदस्यहरुलाई एक एक पिस माक्स तथा १० जनाभन्दा कम परिवार सदस्य संख्या भएका परिवारलाई दुई दुई पिस र १० देखी २० जनासम्म परिवार संख्या रहेको परिवारलाई चार चार पिसको दरले साबुन वितरण गरेको वडा अध्यक्ष सहनीले बताउनुभयो । गरुडा नगरपालिकाका प्रतिनिधि अनिल कुमार यादव, समाजवादी पार्टिका युवा नेता राजकुमार दास, वडा सदस्य विशुनदयाल यादव, राजनैतिककर्मी शेख ओजैर,सहित वडा कार्यालयका कर्मचारी एवं नगरका सम्पूर्ण स्वास्थ्य चौकीहरुको स्वास्थ्यकर्मीहरुको उपस्थितमा उक्त माक्स र साबुन वितरण गरिएको छ । गरुडा नगरपालिकाको आर्थिक सहयोगमा उक्त माक्स र साबुन वितरण गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *