
जनकपुरधाम, चैत २२ । जनकपुर अटोमोबाइल्स डिलर्स एशोसिएशनले प्रदेश सरकारलाई पाँच थान पिपिई हस्तान्तरण गरेको छ ।
पिपिईको आभाव भई रहेको अवस्थामा एशोसिएशनका अध्यक्ष प्रमोदकुमार साह सहितको टोलीले आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त पिपिई हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पिपिई प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको जिम्मा लगाइएको छ ।
कोरोनाको महामारीले त्रसित बनाएको बेला महामारी नियन्त्रण रोकथाम तथा उपचारका लागि विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग गर्दै आएको छ ।
Facebook Comments