Loading...
नगर प्रमुख पटेलद्धारा राहत वितरण शुरु, आज मात्रै १२० भन्दा बढी परिवारलाई राहत वितरण

ओम प्रकाश यादव चैत्र २२ गते, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले आजदेखी राहत वितरण कार्य शुरु गरेको हो । सरकारले लागु गरेको लकडाउनका कारण दैनिक ज्यादारी गरेर जिविकोपार्जन गर्ने गरिव विपन्न परिवार अहिले समस्यामा परेका छन । एक दिन पनि काम नगरे घरमा चुल्हो बल्नै नसक्ने अति गरिव असाहाय परिवरहरुलाई आजदेखी राहत वितरण गर्न शुरु गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताएका छन । मेयर पटेल वडा नं २ लक्ष्मीनीयाको मुस्हर बस्तीबाट राहत वितरण शुरु गरेका हुन । नगरपालिकाले अति गरिवको सुचिमा पर्ने लक्ष्मीनीयाका १ सय २० भन्दा बढी मुस्हर तथा अन्य विपन्न परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, खाने करु तेल १ लिटर तथा २ सय ग्राम हल्दी वितरण गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताए । उपमेयर परनिया देवी पटेल, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी साह, शसस्त्र प्रहरी बल बेस क्याम्प देवाहीका इन्सपेक्टर संतोष थापा लगाएतको रोहवरमा खाद्यान्न सामग्रि वितरण गरिएको छ । बाँकी वडाहरुमा भोलीदेखी फेरी राहत वितरण हुने मेयर पटेलका स्वकीय सचिव अशोक पटेलले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *