
मन्त्रिपरिषदको १६ चैतको निर्णय अनुसार कर विवरण र दाखिला गर्ने समय आन्तरिक राजस्व कार्यालयमा परिवर्तन भएको छ । अर्थ मन्त्रालयले मन्त्रीपरिषदको नीतिगत निर्णयअनुसार १८ चैतमा कर विवरण तथा दाखिला गर्ने अवधि बढाउने निर्णय गरेको हो । आन्तरिक राजस्व विभागले कर विवरण तथा कर बुझाउन म्याद थप तथा सहजीकरणबारे करदातालाई जानकारी दिएको छ । यसअघि सरकारले करदाताले बुझाउनु पर्ने समयमा परिवर्तन गर्न नीतिगत निर्णय गरेको थियो । लकडाउन अवधिमा दैनिक राजस्व संकलन ठूलो परिमाणमा घटेको छ ।
मूल्य अभिवृद्धि कर ऐन अनुसार २०७६ साल फागुन महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको दुइ मासिक र मंसिर-फागुनको चौमासिक कर विवरण तथा ती विवरण अनुसार कर दाखिला गर्ने म्याद २५ बैशाख २०७७ सम्म थप भएको छ । अन्तशुल्क ऐन अनुसार २०७६ फागुन महिनामा बुझाउनु पर्ने विवरण तथा ती विवरण अनुसार अन्तशुल्क दाखिला गर्ने म्यादसमेत २५ बैशाख २०७७ सम्म थप भएको छ ।
Facebook Comments