Loading...
वडा अध्यक्ष अशोक यादवद्धारा हजारौं मास्क र साबुन वितरण ।

ओम प्रकाश यादव चैत्र २४ गते, रौतहट । रौतहटको गरुडा नगरपालिका ६ पो ठियाहि अमरपटीमा आज हजारौं पिस मास्क तथा साबुन वितरण गरिएको छ । विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना वडा बासीलाई जोगाउन पोठियाहि अमर पटीका वडा अध्यक्ष अशोक यादवले आज आफ्ना वडामा ९ हजार मास्क र ५ हजार साबुन वितरण गरेका हुन् ।

वडा नं ६ मा पोठीयही र अमर प टि गरी दुई वटा गाउँ रहेको छ ती दुवै गाउँका प्रत्येक घरधुरीलाई २/२ वटा मास्क र २/२ वटा साबुन वितरण गरेको वडा अध्यक्ष यादवले बताए । बेलैमा कोरोना बाट वडा बसिको जिउ ज्यान बचाउन एकै पटक ठूलो मात्रामा मास्क र साबुन वितरण गरेको उनले बताए । वडा अध्यक्ष अशोक यादवको यो कार्य निकै सराहनीय रहेको भन्दै मास्क र साबुन पाउने सबैजनाले उहाँको प्रशंसा गरिरहेको स्थानीय पत्रकार गुदु यादवले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *