Loading...
रौतहटको क्वारेन्टाईनमा बस्नेको संखया २ सय ३६ पुग्यो ।

ओम प्रकाश यादव रौतहट, चैत्र २४ गते । रौतहटको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आज साँझसम्म २ सय ३६ पुगेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आज बेलुकासम्म २ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

हिजोसम्म क्वारेन्टाईनमा बस्नेहरुको संखया २ सय २२ रहेकोमा त्यो संख्या बढेर आज २ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो । क्वारेन्टाईनमा बस्नेहरुमा १३ जना महिला र २ सय २३ जना पुरुष रहेका छन । कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनले नेपाल भारतका सम्पूर्ण सिमा नाकाहरु बन्द रहेकाले भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेस गर्नेहरुलाई पक्राउ गरि क्वारेन्टाईनमा राखने गरिएको नायव सुब्बा साहले बताउनुभयो ।

जिल्लामा ८ सय ३६ बेडको क्वारेन्टाईन सञ्चालन अवस्थामा रहेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणको संकास्पद व्यक्तिहरुको उपचारको लागि २५ बेडको आइसोलेश्न तयारी अवस्थामा राखिएको ३६१ वटा पिपिईको व्यवस्था पनि गरिएको नायब सुब्बा राम नरेश साहले बताउनुभयो । रौतहटको क्वारेन्टाईनमा बस्ने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्ष्ण नदेखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *