ओम प्रकाश यादव चैत्र २४ गते, रौतहट । पुर्व मन्त्री, संघिय सांसद एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा र उनको श्रीमति समेत रहेकी प्रदेश २ का भौतिक पुर्वाधार राज्य मन्त्री डिम्पल झा दुवै जनाले आज संयुक्त रुपमा रौतहट स्थित सञ्चालित एक क्वारेन्टाईनको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।
रौतहट निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित सांसद झा र उनकी श्रीमति डिम्पल झा गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ को श्री माध्यमिक विद्यालय माधोपुरमा सञ्चालित क्वारेन्टाईनको अवलोकन निरीक्षण गरेका हुन । निरीक्षणको क्रममा सांसद अनिल झाले क्वारेन्टाईन अझै व्यवस्थित नरहेको भन्दै त्यस्मा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ, सेनिटाईजर, ग्लोवस, एन ९५ को मास्क लगाएतका सामग्रि उपलब्ध गराउने बताएका छन ।
पिपिई लगाएत सामग्रिको अभावमा विरामीबाट चिकित्सकलाई नै कोरोनाको संक्रमण लाग्न सक्ने जोखिम रहेको भन्दै सांसद झाले अबको केहि दिनमै यहाँ खटिने प्रत्येक स्वास्थ्यकर्मीहरुलाई पिपिइ, सेनिटाइजर, मास्क, गलोवस लगाएतको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका हुन ।
चिकित्सक नै सुरक्षित नरहे विरामी कस्ले हेर्ने भन्दै राज्य मन्त्री डिम्पल झाले पनि प्रदेश सरकारको तर्फबाट क्वारेन्टाईनमा खटिने चिकित्सकहरुलाई सम्पूर्ण सामग्रि सहयोग गर्ने वाचा गरेकी छिन । यसैविच प्रतिनिधिसभा सदस्य अनिल झाले रौतहटमा कोरोनाको परिक्षण गर्न ल्यावको पनि व्यवस्था गर्ने बताएका छन । सांसद झा यहाँ ल्यावको व्यवस्था गर्न केन्द्र सरकारसँग आफु विशेष पहल गर्ने बताए । अनुगमणको क्रममा माधवनारायण नगरपालिका ६ माधोपुरको वडा अध्यक्ष राजीव यादव, राजपाको रौतहट क्षेत्र नं १ का ख विधान सभाका अध्यक्ष संजीव कुमार यादव लगाएतको पनि सहभागिता रहेको थियो ।
Facebook Comments