Loading...
कोरोना भाइरस रोकथामका लागि सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुरले ३० हजार गरे सहयोग ।

ओम प्रकाश यादव रौतहट, चैत्र २५ गते । रौतहटको माधवनारायण नगरपालिकाले स्थापना गरेको दैवि प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुरले नगद सहयोग गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयका अप्रेशन अफिसर लालबाबु महतोले मंगलावार नगरपालिकाका लेखापाल राम बलम प्रसाद यादवलाई ३० हजार बराबरको चेक हस्तान्त्रण गर्नुभएको छ ।

विश्वभर अहिले ठुलो महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि उक्त सहयोग प्रदान गरिएको बैंकका शाखा प्रबन्धक विशनु प्रसाद गुप्ताले बताउनुभयो । नगरपालिकाको कार्यालयमा गरिएको चेक हस्तान्त्रणको क्रममा माधोपुरका वडा अध्यक्ष राजीव यादवका पनि सहभागिता रहेको थियो । दैवि प्रकोप अर्थात बाढी, पहिरो, आगलागी, महामारी लगाएतका कारणले पिडित हुनेहरुलाई सहयोग गर्नको लागि यस नगरपालिकाले दैवि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

नगर प्रमुख विरेन्द्र यादवले केहि दिन अघि उक्त कोषको स्थापना गर्दै सबैलाई सहयोग गर्न अपिल गरेसँगै विभिन्न सहयोगी हातहरुले कोषमा रकम जमा गर्न थालेका छन । कोषमा जम्मा भएको रकमबाट दैवि प्रकोपका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग प्रदान गर्दैआएको नगर प्रमुख यादवले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *