Loading...
सिमा नाकामा पुर्णरुपमा आवतजावत बन्द गर्न रौतहटमा थपियो ६ वटा अस्थायी प्रहरी पोष्ट ।

ओम प्रकाश यादव रौतहट, चैत्र २५ गते । भारतबाट हुने आवतजावतलाई पुर्ण रुपमा बन्द गर्न रौतहटमा ६ वटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । लकडाउनकै बीच चोरबाटो भएर भारतबाट नेपाल प्रवेस गर्ने क्रम नरोकिएपछि भारतसँग सिमा जोडिएको रौतहटको नाकामा ६ वटा अस्थायी प्रहरी पोष्ट थप गरिएको छ ।

यसअघि जिल्लाका बेलविछवा, गौर,औरैया, रामपुर खाप र सरमुजवा नाकाको गरी ५ ठाउँमा शसस्त्रको विओपी मात्रै रहेको अवस्थामा मंगलवारदेखी अस्थायी पोष्ट पनि खडा गरिएको छ । भारत संग सिमा जोडिएको जिल्लाको ३२ किलोमिटरको बिभिन्न ६ स्थानमा ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले अस्थायी पोष्ट स्थापना गरेर ससस्त्र प्रहरी पनि परिचालन गरेको छ । भारतबाट नेपाल र नेपालबाट भारत छिर्नेहरुलाई यसअघि उक्त विओपीहरुबाट नै सशस्त्र प्रहरीले कडा निगरानी गर्दैआएकोमा मंगलवारदेखी अस्थायी प्रहरी पोष्टले पनि सिमा नाकामा आवजावत गर्नेहरुमाथी कडा निगरानी गर्न थालेको छ ।

जिल्लाको बौधिमाई नगरपालिका ७ छोटी भन्सार कार्यालय, ईशनाथ नगरपालिका– ४ माध्यमिक बिद्यालय मठियाको भवन, राजदेवी नगरपालिका–९ सामुदायीक भवन, गौर नगरपालिका–२ महादेवपट्टी, गौर नगरपालिका– १ कानुपट्टी र ईशनाथ नगरपालिका– ६ घिउरा क्रान्ती आधारभुत बिद्यालयमा उक्त नयाँ अस्थायी पोष्ट स्थापना गरिएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभएको छ ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् नै रहेपछि भारत बाट हुने आवतजावतलाई पुर्णरुपमा नियन्त्रणमा गर्ने उदेश्य सहित अस्थायी ससस्त्र प्रहरी पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक कर्णजीतले बताउनुभयो । भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट स्थापना गरी नाकामा अबदेखी थप कडाई गरेको उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *