
नेपाल पुनर्बीमा कम्पनीले सर्बसाधारणमा निष्काशन गरेको आइपिओ बाँडफांड भएको छ। आइपीओ आज बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो। कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गर्ने लगानीकर्ताले माग अनुसारकै आइपीओ पाएका छन् भने ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्नेमध्ये ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका हुन्। ५० कित्तादेखि दश हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता शेयर पाएका छन् भने सोहि अनुपातमा आवेदन गनेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता शेयर बाँडफाँड गरिएको क्यासिपटलले जनाएको छ।
Facebook Comments