Loading...
लकडाउनको पाल्ना गर्न र समाजिक दुरी समेत कायम गर्न कृषि राज्य मन्त्री योगेन्द्र यादवको अपिल ।

ओम प्रकाश यादव गरुडा, चैत्र २६ गते । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न र समाजिक दुरी पनि कायम गर्न अपिल गर्नुभएको छ । राज्य मन्त्री यादवले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले दिएको आदेशलाई पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण प्रदेश एवं देशवासीलाई हार्दिक अपिल गर्नुभएको हो ।

कोरोना विरुद्धको यो महा लडाईमा सबै नेपालीलाई एकजुट भई सहयोग गर्न समेत उहाँले आह्वान गर्नुभएको छ । समाजवादी पार्टिका केन्द्रिय सदस्य एवं रौतहट क्षेत्र नं १ को ख विधान सभाबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य यादवले बुधवार विहान पत्रकार ओम प्रकाश यादवसंग कुराकानी गर्दै महासंकटको यस घडिमा सरकारले लागु गरेको लकडाउनलाई घरमै बसेर पाल्ना गरिदिनको लागि आग्रह गर्नुभएको छ ।

सो क्रममा कृषि राज्य मन्त्री यादवले प्रदेश २ को क्वारेन्टाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई अझै पिपिई, गल्वस, एन ९५ मास्क लगाएतका सामग्रि पुग्न नसकेको स्वीकार गर्दै चिकित्सकहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रि सहयोग गर्न प्रदेश सरकार प्रयासरत रहेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले संकटको यो घडिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई उच्च सतर्कता अपनाएर काम गर्न आग्रह समेत गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *