Loading...
लकडाउनको पाल्ना गर्न र समाजिक दुरी समेत कायम गर्न राजपाका नेता संजीव यादवको आग्रह ।

ओम प्रकाश यादव गरुडा, चैत्र २६ गते । रास्ट्रिय जनता पार्टि ( राजपा) नेपालका युवा नेता संजीव यादवले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न र समाजिक दुरी पनि कायम गर्न अपिल गरेका छन ।

रास्ट्रिय जनता पार्टि राजपा नेपालका रौतहट क्षेत्र नं १ ख विधानसभाका अध्यक्ष समेत रहेका युवा नेता यादवले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले दिएको आदेशलाई पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण क्षेत्र एवं देशवासीलाई हार्दिक अपिल गरेका हुन ।

कोरोना विरुद्धको यो महा लडाईमा सबै नेपालीलाई एकजुट हुन समेत उनले आग्रह गरे । आज सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै नेता संजीव यादवले महासंकटको यस घडिमा सरकारले लागु गरेको लकडाउनलाई घरमै बसेर पाल्ना गरिदिनको लागि सबैलाई आग्रह गरेका हुन । नेता यादवले संकटको यो घडिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई उच्च सतर्कता अपनाएर काम गर्न समेत आग्रह गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *