Loading...
अध्यक्ष ठाकुरको सहकार्यमा २०० गरिब विपन्न परिवारका लागि पुग्ने गरि राहत बितरण

बिश्व नै करोना महामारीको चपेटामा रहेको अबस्थामा जनप्रतिनिधिलाई मनोबल बढाउन र आफ्नो समाजमा भोको पेट न रहोस भन्ने उदेश्यले विभिन्न व्यक्तित्व दावारा राहर बितरण गरिएको छ । चौथो चरणमा जनकपुर धाम वडा न २२ का खाना बिहिन २०० गरिब विपन्न परिवारका लागि पुग्ने गरि रामानन्द युवा क्लबका पुर्व अध्यक्ष तथा युवा समाजसेवी दिपेन्द्र ठाकुरद्वारा वडा अध्यक्ष शिव रत्न पाण्डेलाइ अग्रज मार्गदर्शि तथा समाजसेवी अनिल मिश्रको विशेष उपस्थितिमा राहत सामग्री प्रदान गरिएको हो । राहत बितरण दशरथ नगर टोल सुधार समाजका अध्यक्ष दिपक ठाकुरको सहकार्यमा अभियानी बिमलेश मिश्रलाइ खाद्यान्न हस्तान्तरण गरिएको हो । महामारीलाई मध्ये नजर राखी संबंधित निकाय द्वारा सहकार्य गरि सिस्टम बनाउन अभियानकै रुपमा चलाएर प्रयास गरिदैछ भने यस्ता महामारीको समयमा कसैको बिरोध गर्नु भन्दा सहकार्य गरि एक अर्का सङ हातेमालो गरेर अगाडि बढे पकै नै जस्तै सुकै परिस्थिति सङ लड्न सकिने कुरा अध्यक्ष ठाकुरले बताउनु भएको छ । राहत अन्तर्गत चामल- १० कुइन्टल, दाल- २ कुइन्टल, प्याज- २ कुइन्टल, तेल- १०० लि, नुन- २ कुइन्टल, स्वाबिन- २० किलो र आलु- ४ कुइन्टल रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *