Loading...

ओम प्रकाश यादव रौतहट, चैत्र २६ गते । राहत वितरण गर्नको लागि गरिव घरपरिवार पहिचान गर्न रौतहटको मौलापुर नगरपालिकाको वडाहरुमा वडा स्तरीय समिति गठन गरिएको छ । प्रदेश २ सरकारको राहत वितरण निर्देशीका अनुसार प्रत्येक स्थानीय तहले राहत वितरण गर्न वडा अध्यक्षको अध्यक्षतामा राजनैतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एक एक जन प्रतिनिधि लगाएतकलाई समेटेर एउटा समिति बनाउनुपर्ने छ र उक्त समितिले नै गरिव घरपरिवार पहिचान गरी राहत वितरण गर्नुपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुसार मौलापुर नगरपालिकाको केहि वडाहरुमा आज गरिव, असाहाय तथा लक्षित वर्ग पहिचान एवं राहत वितरण समिति चएन गरिएको छ । नगरपालिकाको वडा नं १, ३, ८ र ९ मा वडा स्तरीय समिति सर्वसहमतिले चएन गरिएको छ । वडा नं १ का वडा अध्यक्ष राम प्रवेस यादवको संयोजकतवमा १० सदसिय चएन गरिएको राहत वितरण समितिको सदस्यहरुमा इलाका प्रहरी कार्यालय मौलापुरका सई अमोद यादव, सशस्त्र प्रहरी वेश क्याम्प विजयपुरका प्रहरी निरीक्षक केशव भटराई,नेपाली सेनाका प्रतिनिधि, पत्रकार कृष्ण तिवारी लगाएका व्यक्तिहरुलाई चएन गरिएको छ ।

त्यस्तै वडा नं ३ का वडा अध्यक्ष बिरवल यादवको संयोजकत्वमा गठित राहत वितरण समितिको सदस्यहरुमा इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी हवल्दार रामचन्द्र तिवारी, प्रभु यादव लगाएत १० जना रहेका छन । त्यसैगरी वडा नं ८ का वडा अध्यक्ष बसन्त यादवको पनि संयोजकत्वमा १० सदसीय गरिव, असाहाय तथा लक्षित वर्ग पहिचान एवं राहत वितरण समिति चएन गरिएको छ भने वडा नं ९ सोनरनियाका वडा अध्यक्ष रामलाल साह कानुको पनि संयोजकत्वमा १० सदसीय समिति चएन गरिएको छ ।

ऋाज गठन गरिएको समिति भोलीदेखी वडामा गरिव घरपरिवारको सुचि संकलन गर्ने र गरिव घरपरिवार पहिचान गर्ने काम सकिएपछि राहत वितरण गर्ने योजना रहेको पत्रकार कृष्ण तिवारीले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *