Loading...
वृन्दावन, गढिमाई, देवाही गोनाही न.पा. राहत वितरण शुरु गरेपनि अधिकांश स्थानीय तह अझै गरेन ।

ओम प्रकाश यादव रौतहट, चैत्र २७ गते । लकडाउनका कारण मारमा परेका अति विपन्न, गरिव तथा असाहाय परिवारहरुलाई रौतहटका स्थानीयतहहरु यतिखेर राहत वितरण गर्ने काममा जुटेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा यहाँका स्थानीय सरकारहरु मास्क, साबुन, सेनिटाईजर सहित मेडिकल सामग्रि वितरण गरेको थियो । पहिलो चरणमा स्वास्थ्य सामग्रि वितरण गर्ने कार्य सकेपछि दोश्रो चरणमा अहिले खाद्यान्न सामग्रि वितरण कार्य शुरु गरिएको छ ।

कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव मजदुरहरुको दैनिकी कष्टकर बनेपछि ज्यालादारीमा आश्रित परिवारहरुलाई जिल्लाका अधिकांश स्थानीय तहहरु यतिखेर धमाधम राहत वितरण गरिरहेका छन । वृन्दावन नगरपालिकाले अहिलेसम्म ६ वटा वडाका चार हजार एक सय घरधुरीलाई राहत वितरण गरेको छ । प्रत्येक घरधुरीलाई १५ किलो चामल र एक एक किलो दाल, नुन, स्वाबीन र खाने तेल विगरण गरिएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले बताउनुभयो । नगरपालिकाको १ देखी ६ नं वडासम्म राहत वितरण भइसकेको र बाँकी वडाहरुमा वितरणको कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यसअघि नगरका ७५ हजार घरधुरीलाई प्रति परिवार एक एक पिस गरी ७५ हजार मास्क, १२ हजार सेनिटाईजर र २० हजार साबुन वितरण गरिएको छ भने कोरोना संक्रमणको शंकास्पद विरामीको उपचारमा संलग्न एक सय २५ जना स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क, २५ थान पिपिई र केहि थर्मल गन उपलब्ध गराईएको निमित प्रशासकिय अधिकृत यादवले बताउनुभयो । त्यस्तै गढिमाई नगरपालिकाले अहिलेसम्म ३ वटा वडाका ३ सय अति विपन्न परिवारलाई राहत सामग्रि प्रदान गरेको छ । १३९ प्रति परिवार २० किलो चामल, २ किलो दाल, ३ किलो आलु, १ लिटर खाने तेल, १ किलो नुन, २ पिस साबुन र १ पिस सेनिटाईजर वितरण गरेको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिनुभयो ।

विहिवारसम्म वडा नं १, ३ र ९ मा राहत वितरण कार्य सम्पन्न भइसकेको र २, ४,५,६,७ र ८ मा वितरण गर्न बाँकी रहेको नगर प्रमुख यादवले बताउनुभयो । यसअघि नगरका ३५ हजार घरधुरीलाई प्रतिपरिवार एक एक सिप मास्क, २ पिस साबुन र केहि परिवारलाई सेनिटाइजर पनि वितरण गरिसकेको उहाँले बताउनुभयो । त्यस्तै परोहा नगरपालिकाले २२ सय परिवारलाई राहत वितरण गरेको छ । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि राहत वितरण गरिरहेको छ । देवाही गोनाही नगरपालिकाले अहिलेसम्म २ र ९ नं वडाका २ सय ३५ घरधुरीलाई राहत वितरण गरेसकेको र बाँकी वडाहरुमा वितरण कार्य जारी राखेको छ । प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, २०० ग्राम हर्दि, १ लिटर खाने तेल वितरण गरिएको नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी दिनुभयो ।

नगरपालिकाले यसअघि ९ हजार २ सय मास्क, केहि सिप सेनिटाईजर र १५ हजार भन्दा बढी साबुन वितरण गरिसकेको नगर प्रमुख पटेलको भनाई छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म मौलापुर, कटहरिया, गरुडा,गौर नगरपालिकाले राहत वितरणको काम अगाडि बढाएपनि इशनाथ, माधवनारायण, फतुवा विजयपुर, गुजरा, बौधिमाई, यमुनामाई लगाएतका स्थानीय तहहरु अझै राहत वितरण गर्न कुनै तादरुक्ता देखाएका छैनन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *