Loading...
रौतहटको अबस्था भयावह, समाजवादी नेता दासले गरे जिल्ला प्रशासन प्रमुख संग यस्तो अनुरोध

जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख ज्यु संग विनम्र अनुरोध……………….
———————————————————–
१. नया वर्षको आगमन संगै एक दिन अगावै भोली बिहानबाट ८ः०० बजेदेखि १२ः०० बजेसम्म र साँझ ४:०० बजेदेखि ७:०० बजेसम्म लक डाउनको पूर्ण पालनाको अनुगमन तथा कार्यान्वयनका लागि जिल्लाभरी नियमित बाहेक थप प्रहरी जनशक्तिको परिचालन गर्नुपर्यो ।

२. हालसम्म ‘प्रहरीको साथी म’ अन्तरगत वडा वडामा गठित प्रहरीका साथीहरु समेत परिचालित गर्नुपर्यो ।

३. कोरोना भाईरसको संक्रणबाट सुरक्षित रहन व्यक्तिगत र सामूहिक सुरक्षाका सबै उपायहरु अबलम्बन गर्दै अपरिहार्य वा अत्यावश्यक वा ननिस्की नहुने अवस्थामा बाहेक घरबाट ननिस्किनु लकडाउनको पालना हो । प्रहरीले माईकिङ लगायतका माध्यमबाट लक डाउनको पालना गर्न अनुरोध गौर लगायत जिला भरी हुनुपर्यो । आम सूचना र अनुरोधका बाबजूद लक डाउन उल्लघंन गर्ने व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिई संक्रामक रोगसंग प्रचलित कानुन अनुसार दोषीलाई कैदको दण्ड सजायसम्म हुन पर्यो या संक्रमण समापत पछि मात्र त्यस्ता सवारी साधन छोडनुपर्यो।

४. स्वास्थ सेवा लगायत तोकिएका अत्यावश्यक सेवासंग सम्बद्ध व्यक्ति र तोकिएको निकायबाट पास जारी गरिएका व्यक्ति र सवारी साधन उपर यो व्यवस्था लागू नभएपनी यहाँहरुलाई पनि यथासंभव लक डाउनको पालना गर्न अनुरोध गर्नुपर्यो ।

५. स्थानीय तहबाट राहत बितरण हुन बाँकी वडामा राहत बितरणको अवधिमा यो व्यवस्था लागू हुनको लागि राहत संकलनका लागि एक परिवारबाट मात्र एक जना आई राहत लिईसकेपछि तत्काल घर फर्किन ब्यबास्था मिलउनु पर्यो ।

६.हालको आवश्यकतालाई मघ्यनजर राख्दै अनुशासित रुपमा सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई राहत बितरणलाई सभ्य, मर्यादित व्यवस्थित र उदाहरणीय बनाउन संक्रामक रोगबाट आफु सुरक्षित रहुनु पर्ने कुरालाई आत्मसात् गर्दै उच्च मनोबलका साथ स्थानीय निकायलाई उच्चतम् सहयोग, सहकार्य र समन्वय गर्न मातहत प्रहरी ईञ्चार्ज र सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशित हुनुपर्यो।

७. अन्त्यमा विश्वभरी फैली रहेको कोरोना भाईरसको संक्रमणबाट आफु पनि बाचौं, अरुलाई पनि बचाऔं यो दायित्व प्रहरीको मात्र नभई हामी प्रत्येक नागरिकको हो, हामीहरु कै सूरक्षाको लागि यो परिस्थितिमा पनि प्रहरी बाटो बाटोमा छ हामीले महसूस गरेको छु । आउनुहोस् यो जीवन बचाउन प्रहरीसंगै हामी पनि एकजुट होऔं । लकडाउनको पालना गरौ । “प्रहीको साथी म” बनौं ।

राजकुमार दास
युवानेता,समाजवादी पार्टी रौतहट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *