Loading...
कोरोनाबाट बच्न मन्त्री योगेन्द्र यादवले रौतहटमा दर्जनौ थान मेडिकल सामग्रि गरे वितरण

ओम प्रकाश यादव बैशाख १ गते, रौतहट । रौतहट निर्वाचन क्षेत्र नं १ ख विधान सभाबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज आफना निर्वाचन क्षेत्रका विभिन्न गाउँ, जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई विभिन्न मेडिक सामगि उपलब्ध गराउनुभएको छ ।

कृषि राज्य मन्त्री यादवले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा यसबाट बच्न गृह जिल्ला रौतहटमा आज ठुलो मात्रामा स्वास्थ्य सामग्रि प्रदान गर्नुभएको हो । जिल्ला अस्पताल तथा सिडियो कार्यालय गौरका साथै माधोपुर ,पचरुखी,छतौना ,जयनगर, र जेठरहियामा गरी पुर्ण सेटसहितका पिपिई २५ थान, एन ९५ मास्क २५ थान, सर्जिकल मास्क ५ सय थान, ५ सय थान सेनेटाईजर, ६ सय थान साबुन, गलोब्स लगाएतका स्वास्थ्य सामग्रि वितरण गरेको मन्त्री यादवले बताउनुभयो ।

कोरोनाको जोखिमपुर्ण परिस्थितीमा पनि कोरोनाबाट बच्न उच्च सतर्कताका साथ आफु सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सामग्रि वितरण गरेको समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभएको छ । त्यस क्रममा मन्त्री यादवले सरकारले लागु गरेको लकडाउन पूर्ण रुपमा पाल्ना गर्न समेत सबैलाई आग्रह गर्नुभएको थियो ।

यसैविच रौतहटमा आज एक जना युवकमा कोरोना संक्रमित भेटिएको खबरले आफु निराश भएको समेत उहाँले बताउनुभएको छ । जिल्लामा कोरोना संक्रमति भेटिएको खबर थाहा पाउनेवितिकै आफु जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकमा सहभागी भई उक्त संक्रमित व्यक्तिको स परिवार एवं वडालाई सिल गर्नुको साथै स्वाब संकलन गरि परीक्षण गर्न बैठकबाटै मुख्य मन्त्री लालबाबु राउतलाई आग्रह गरेको कृषि राज्य मन्त्री यादवले प्रष्ट पार्नुभएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *