Loading...
पहिलो पटक सामाजिक दुरी कायम गरी माधवनारायण नगरपालिकाले गरे राहत वितरण

ओम प्रकाश यादव रौतहट, बैशाख १ गते । रौतहटको माधवनारायण नगरपालिकाले जिल्लामै पहिलो पटक सामाजिक दुरी कायम राखी राहत बाँडन शुरु गरेको हो । जिल्लामा जम्मा १८ वटा स्थानीय तहहरु रहेका छ तर अहिले सम्म कुनै पनि स्थानीय तह सामाजिक दुरी कामय राखी राहत वितरण गर्न नसकेको अवस्थामा पहिलो पटक माधवनारायण नगरपालिकाले सामाजिक दुरी कायम राखेर राहत वितरण कार्य शुरु गरेको हो ।

एक मिटरको सामाजिक दुरी कायम गरी वडा नं १ दिपहीमा आज सोमवार २ सय अति विपन्न परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले बताउनुभएको छ । नगर प्रमुख यादवले आफै बसेर सामाजिक दुरी कायम राख्न लगाई राहत बाँडन लगाउनुभएको थियो । प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो नुन र १ किलो दाने तेल वितरण गरिएको उहाँले बताउनुभयो । बाँकी १ सय ७५ घरधुरीलाई मंगलवार राहत वितरण गरिने उहाँको भनाई छ ।

सामाजिक दुरी कायम नगरी एकै ठाउँमा सबैजनालाई जम्मा गरेर राहत बाँडदा लकडाउनको उल्लंघन हुने र कोरोना संक्रमणको पनि जोखिम हुने भएकोले यसबाट बच्न आफुले कम्तीमा एक मिटरको दुरीमा राखेर राहत वितरण कार्य थालेको मेयर यादवले बताउनुभयो । यो प्रक्रिया अनुसार राहत पाउँने व्यक्तिलाई एक मिटरको दुरीमा उभिएर नाम लेखाउनु पर्ने र त्यसपछि मात्रै राहत बोँकी जानुपर्ने छ । कोरोना भाइरस फैलिन नदिन सरकारले लागुगरेको लक डाउनका कारण अति विपन्न परिवारको दैनिकि कष्टकर बनेपछि नगरपालिकाले त्यस्ता परिवारलाई राहत उपलब्ध गराइरहेको छ । सामाजिक दुरी कायम रखेर राहत वितरण गरी सराहनिय काम गरेको भन्दै मेयर यादवको सर्वत्र प्रशंसा भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *