Loading...
रौतहटमा कोरोना संक्रमित भेटिएको युवकको उपचारको लागि बाहिर लैजाने तयारी

ओम प्रकाश यादव रौतहट, बैशाख १ गते । रौतहटमा पनि एक युवक कोरोना भाइरस (कोभिड(१९)को संक्रमित भेटिएको छ । जिल्लाको इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

कोरोना संक्रमण भेटिएका व्यक्ति इशनाथ नगरपालिका ५ मोतिपुरका मुस्लिम समुदायका युवक रहेको बताइएको छ । इशनाथ नगरपालिकाको औरैया क्वारेन्टाइनमा बस्दै आएका उहाँको स्वाब परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भारतमा बस्दै आएका उहाँलाई १६ दिन अघि लकडाउनको समयमा मध्यरातमा घर आएको समयमा पक्राउ गरि क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । त्यस मध्ये पहिलो संक्रमित एक जना निको भइसकेका छन् ।

अरुको उपचार भइरहेको छ । यसैविच कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित भेटिएको उक्त युवकको उपचार जिल्लामा नहुने भएको छ । जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड नभएका कारण उहाँलाई कहाँ भर्ना गरेर उपचार गर्ने भन्ने समस्या भएको हो । उहाँलाई उपचारको लागि विरगंज तर्फ लैजाने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताउनुभयो । त्यस्तै कोरोनाको संक्रमित भेटिएसँगै रौतहटमा लकडाउनलाई थप कडाई गरिएको समेत उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *