Loading...
डा. भट्टराइले अकुत सम्पति कमाएको कसलाई भने र लेखे- “विलासी जीवन कसरी चल्छ ?”

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तलब भत्ता नलिने घोषणा गरेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लगायतका केहि नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । त्यसै गरि राष्ट्रपति विद्यादेवी भण्डारील २ महिना, उपराष्ट्रपति नन्दबहादुर पुन १ महिना, मन्त्रीहरुले १ महिना, र सांसदहरुले १५ दिनको कोरोना कोषमा तलब जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

त्यसैगरी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत पारिश्रमिक नलिने घोषणा गरि सकेका छन् । अध्यक्ष डा. भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन् -” आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *