Loading...
सांसदका प्रत्याशी कन्थमनी जयसवालले आफनै लगानीमा ७२ परिवारलाई गरे राहत वितरण

ओम प्रकाश यादव बैशाख ३ गते, रौतहट । संकटमा नै सहि नेतृत्वको पहिचान हुन्छ विपदको समयमा नै गरिव निमुखा जनतालाई साथ दिने र सहयोग गर्नेलाई नै असल नेतृत्वकर्ता भनिन्छ यसमध्ये एक मात्रै नेता कन्थमनी जयसवाल हुनुहुन्छ, निर्वाचनको बेला ठुल ठुला कुरा गर्ने कयौ सांसद र नेताहरु यतिखेर हराएका छन तर निर्वाचनमा पराजित भएका नेता जयसवालले यतिखेर गरिव जनतालाई राहत बाडेर सराहनीय कार्य गरिरहेका छन ।

रास्ट्रिय जनता पार्टि राजपा नेपालका प्रभावशाली नेता कन्थमनी प्रसाद जयसवालले आज दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, असाहाय परिवारलाई राहत वितरण गरेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेह्यका साथ गरिव परिवारहरुलाई नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत बाडेका हुन । रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आज गरुडा नगरपालिका ४ मा ७२ गरिव घर परिवारलाई राहत वितरण गर्नुका साथै मास्क र साबुन पनि उपलब्ध गराएका हुन ।

नेता जयसवाल प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन । त्यस्तै कोरोनाबाट बच्न ति ७२ वटै घरधुरीलाई एक एक पिस मास्क र साबुन वितरण गरेको नेता जयसवालले बताए । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले यस विपदमा गरिव, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई सक्दो सहयोग गर्ने बताएका छन । आफनै लगानीमा भोली पनि राहत वितरण गर्ने योजना रहेको नेता जयसवालले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *