Loading...
सांसदका प्रत्याक्षी कन्थमनी जयसवालको ६५ घर परिवारलाई खाद्यान्न र मास्क साबुन सहयोग

ओम प्रकाश यादव बैशाख ४ गते, रौतहट । रास्ट्रिय जनता पार्टि राजपा नेपालका प्रभावशाली नेता कन्थमनी प्रसाद जयसवालले आज दोश्रो दिन पनि ६५ घरपरिवारलाई राहत वितरण गरेका छन । लकडाउनको यस समयमा घर बाहिर निस्ीकन प्रतिबन्ध लागेको र सबै कामकाज पन बन्द भएकोले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, असाहाय परिवारलाई खानपिनमा समस्या भएपछि त्यस्ता परिवारहरुलाई समाजसेवी एवं नेता जयसवालले राहत वितरण गरेका छन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिव परिवारहरुलाई नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा हिजै देखी राहत बाडिरहेका हुन । रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आफना व्यक्तिगत लगानीमा आज गरुडा नगरपालिका २ गेडहिगुठीमा ३८ र वडा नं ३ मलाहीमा २७ गरी जम्मा ६५ गरिव घर परिवारलाई राहत वितरण गरेका छन । नेता जयसवाल प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन ।

त्यस्तै कोरोनाबाट बच्न ति ६५ वटै घरधुरीलाई एक एक पिस मास्क र साबुन पन वितरण गरेको नेता जयसवालले बताए । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले यस विपदमा गरिव, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन । महाविपदको यसघडिमा अरु माननिय सांसद हराएपनि नेता जयसवालले गरिव जनताको चुल्हो बाल्नको लागि खाद्यान्न उपलब्ध गराईरहेकोमा उहाँको यो कदम निकै सराहनीय रहेका भन्दै सर्वत्र प्रशंसा भइरहेको छ । ् नेता कन्थमनी जयसवाल हिजो पनि गरुडा नगरपालिका ४ मा ७२ घरपरिवारलाई राहत वितरण गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *